logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

चापागाईं सहिद प्रतिष्ठानको अध्यक्षमा चयन


  • जन आकाश
  • आइतबार, चैत्र २६ २०७९

काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छिन् । प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।



जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चापागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।

प्रतिष्ठान माताहत देशका विभिन्न स्थानमा सहिद स्मृति आवासीय विद्यालयहरू सञ्चालन हुँदै आएका छन् । साधारण सभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयहरूलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend