logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

महासंघको गरिमालाई उच्च बनाउन मेरो उम्मेद्धारी होः लिलेन्द्र प्रधान


  • जन आकाश
  • आइतबार, चैत्र २६ २०७९

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ चैतका लागि निर्धारण गरिएको महाधिवेशनमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले आफु केन्द्रीय सदस्यमा निर्वाचित भएपछि महासंघको गरिमालाई उच्च बनाउने बताएका छन् ।



उनले उम्मेदवारी घोषणा गर्दै महासंघको गरिमालाई थप उचाइ प्रदान गर्न सक्दो योगदान गर्ने उम्मेद्धारी घोषणा पछि उक्त बिषयमा जोड दिदै अएका छन् । उनको दावी छ । ‘हामी उद्योगी–व्यवसायीको छाता संस्थालाई थप सुदृढ बनाउन पेट्रोलियम क्षेत्रबाट के–कस्तो योगदान गर्न सकिन्छ, म त्यसका लागि तयार भएर केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको हु,’ उनको भनाई हो ।

प्रधान वस्तुगत समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । यो समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ। महासंघमा एक सय २३ वस्तुगत संघ आबद्ध छन् ।

यी वस्तुगत संघका अध्यक्षहरूले मात्र मतदान गर्न पाउने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेका उमेशलाल श्रेष्ठ समूहबाट प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend