logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

साना र मझौलाको पक्षमा काम गर्नेछुः नानीराज घिमिरे


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

“हामी साना, मझौला उद्यमीहरुले भोग्दै आउनु परेका समस्यालाई सम्बन्धित निकायहरुले बेवास्था गर्दै आएका छन् । उक्त समस्यालाई साना र मझौला व्यावसायीहरु संगठानिक भएर सरोकारवाला निकायमा पु¥याउनको लागि मेरो पहिलो पहल हुनेछ । त्यसैगरी देशमा यतिवेला सामान्य खर्च समेत धान्न नसक्ने अवस्थमा आईपुगेको छ । यस्ता समस्यालाई नीतिगत रुपमा राम्रा पक्षहरुलाइ अगाडी बढाउन पहल गर्ने र सुधार गर्नुपर्ने नीति नियमहरुलाई समय अनुसार सुधार गर्न पहल गरी व्यवसायीका हित गर्नुको साथै राष्ट्रिय हितमा समेत टेवा पुग्नेगरी काम गर्नु नै मेरो प्रमुख दाईत्व हुनेछ ।



७० प्रतिशत नेपालको अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र त्यसभित्रको पनि ७० प्रतिशत हिस्सा ओगटेको (एसएमइएस) लाई आज राज्यले हेर्ने नगर र (एफएनसिसिआई) वाट खेल्नुपर्ने भुमिका आजको अवस्थामा प्रभावकारी नदेखिएको ५७ औ सधारणसभा पछि नयाँ नेतृत्वको टिमले व्यवसायीहरुको समस्यालाई सावधान गर्न प्रभावकारी योजना बनाएर साना तथा मझौला व्यवसायीको समस्यालाई सम्बन्धित सरोकारवाला निकायमा लगेर उद्योगी व्यवसायीको समस्या सवाधान गर्न सक्छु भन्ने आत्म विश्वासकासाथ मैले उम्मेद्धारी दिएको छु ।

म आफै फुटवेयर व्यवसायी हु । फुटवेयर क्षेत्रमा रहेका समस्या सावधानको लागि म भन्दा अगाडी महासंघमा नेतृत्व गर्न जानुभएका नेतृत्वहरुले राम्रा कामहरु पनि गर्नुभएको छ । हामीले महसुस पनि गरेका छौ । केही केही समस्या सावधान पनि भएका छन् । कुनै पनि संघ, सस्था, उद्योगमा समस्याहरु पुर्ण सावधान कहिल्यै हुदैन । समय परिस्थिति अनुसार समस्याहरुले नयाँ रुप लिदै जाने हुन्छ । त्यसै शिलशिलामा विगतका नेतृत्वले शुरु गरेका कामहरुको पुर्णता एवम् नया नयाँ रुपमा आएका समस्यको सावधानको लागि हाम्रा विगतका नेतृत्वहरुले संगालेका अनुभवलाई लिएर आफ्नो विवेक प्रयोग गरी काम गर्ने लक्ष्य बनाएको छु ।

नेपालमा  सञ्चालित उद्योगहरुले उत्पादन गरेका बस्तुलाई सीमा नाकाहरुवाट अवैद्य रुपमा आउने सामानहरु वाट उद्योग टिक्न नसक्ने अवस्थामा पु¥याएको छ । त्यसले एकातिर उद्योगीहरुलाई समस्यामा पारेको छ । अर्कोतर्फ राष्ट्रको राजश्व गुमेको छ । यस्ता दुवै तर्फको समस्यालाई सावधान गर्न सम्बन्धित निकायसँग समन्वय गरी अप्ठ्यारोमा पर्दै गएका व्यवासायी जोगाउने र राष्ट्रको बिग्रदै गएको अर्थतन्त्रलाई उकास्न नीतिगत सिस्टमा ल्याउन पहल गर्ने योजनासहित दिएर ५७ औ साधरणसभा तथा निर्वाचनमा फुटवेयर एशोसिएसन अफ नेपालले मलाई नेतृत्व गर्न पठाएको छ । भने म निर्वाचित भएपछि फुटवेयर क्षेत्रको मात्र होइन बस्तुगत १२३ क्षेत्रका सवै व्यवसायीहरुको समस्या एक आपासमा छलफल गरेर अगाडी बढ्ने म प्रतिबद्धता गर्दछु ।

आसन्न हुन गइरहेको निर्वाचनमा तपाई–हाम्रो साझा संस्थाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघमा बन्ने हरेक नीतिले व्यवसायी र राज्यलाई अर्थतन्त्रको बलियो संस्था बनाउनुपर्छ । त्यसकारण म लगायत राम्रा उम्मेद्धार छान्न यहाहरु समक्ष अनुरोध पनि छ ।” नानीराज घिमिरेले निर्वाचनका लागि गरेको सार्वजनिक प्रतिबद्धता हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend