logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

राष्ट्रिय सभा बैठकको कार्यसूची सार्वजनिक


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

काठमाडौँ । संघीय सांसद  अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८ /७९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/७९ पेस गर्नेछन् ।



त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend