logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, चैत्र २८ २०७९

काठमाडौ । प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।



चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिए

उनका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend