जन आकाश
काठमाडौ । बारा –२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे ।
अध्यक्ष यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताए । यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको उनले बताए । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend