logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ढाकाकुमारसँग रास्वपाले बयान लिदै ?


  • जन आकाश
  • मंगलबार, चैत्र २८ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । रास्वपाको अनुशासन समितिले श्रेष्ठलाई पार्टी कार्यालय बसुन्धार बोलाएर बयान लिन लागेको हो ।



स्वास्थ्य मन्त्री हुन पार्टीको  टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले आज सांसद श्रेष्ठको बयान लिन लागिएको बताए ।

देवकोटाका अनुसार सोमबार साँझ पार्टीको ताकेता पछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend