logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु


  • जन आकाश
  • बुधबार, चैत्र २९ २०७९

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।



खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मृतक सबै एकै गाउँका हुन् । दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend