logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मूर्ति निर्माण तालिम सुरु


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौ । बौद्व दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ ।



बुधबार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाईबाट पाएको ज्ञान अमुल्य हुने बताए ।

उनले भने‚ ‘तालिमपश्चात कलाकार भएर निस्किने छ । अनुशसित भएर सिकेको ज्ञान नै उपयुक्त हुन्छ।’ गुम्बा बिकासबाट लिएको सीप बिदेशमा समेत प्रयोग भएको कार्यकारी दोङले जानकारी दिए । जसले देशको पहिचान समेत चिनाएको उनको भनाइ थियो ।

तालिममा ठुलाले सानालाई सहाकार्य गरी सीप साटासाट हुँदा थप ज्ञान बाँडिन्छ । जसले सान र मान पाइन्छ‚ उनले थपे यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दे समितिका योजना शाखा अधिकृत रामबाबु सापकोटाले तालिम अवधिभर अनुशासन‚ चाहनका साथ सिकेमा त्यसले आफूलाई पुर्णता दिने बताए ।

उनले यो तालिमलाई हेलचेक्रयाई गरेर आफूखुशी भएर सीप सिक्यो भने त्यो प्रभावकारी नहुने बताए । त्यस्तै तालिमका प्रशिक्षक भिम श्रेष्ठले तालिम अवधिभर टेक्निकल ज्ञानसहित मैले जानेसम्मा सीप सिकाउने हुँदा यसमा अनुशासन भएर सिक्दा राम्रो हुने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend