जन आकाश
काठमाडौ । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थल (KMG) बाट सन् २०२३ अप्रिल १३ देखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ ।
हिमालय एअरलाइन्स्को H9७८५ एयरबस ए ३२०–२१४ ले आज १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने कुनमिङदेखि काठमाडौँसम्मको आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० यात्रुहरूलाई स्वागत गर्ने अपेक्षा गरेको छ ।
कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले हिमालय एअरलाइन्स्ले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनु वास्तवमा निकै महत्वपूर्णर उल्लेखनीय कदम हो ।
एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चार्टर्ड उडानलाई सफल तुल्याउन सहयोग गरेकोमा चीन र नेपाल सरकारका पदाधिकारीहरुलाई धन्यवाद दिदै नेपाल र चीनबीचको दौत्य सम्बन्धलाई थप मजबुत बनाउने दिशामा यो महत्वपूर्ण कदम होे भन्नुभयो ।“ यि दुई महत्वपूर्ण छिमेकी देशबीच यात्रुको आवागमनलाई सहज बनाउन पाएकोमा हामी गौरवान्वित छौं र आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएका छौं ।
नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एअरलाइन्स्ले राष्ट्रका लागि सदैव एक कदम अगाडि बढ्ने जमर्को गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend