logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रेमी–प्रेमिका मृतक अबस्थामा फेला


  • जन आकाश
  • शुक्रबार, बैशाख १ २०८०

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् । नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले बताए ।



सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले शुक्रवार बिहान उठाएर अस्पतालमा पठाएको छ । मृतकहरु दुवैजना १७ वर्षका छन् “ किशोरीको शरीरमा चोटपटक लागेको छ ” प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend