logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

माटोले पुरिएर भक्तपुरमा १ जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, बैशाख ४ २०८०

काठमाडौ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाइटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ढल विस्तारको लागि खाल्डो खन्न्ने क्रममा पुरिएर सुनसरी घर भएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।



ढल खन्ने क्रममा पुरिएका सुनसरीको गढी गाउँपालिका घर भएका ३० वर्षीया सियाराम सदाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । ढिस्कोले पुरिएकालाई सुरक्षाकर्मीले जेसिबीको सहायताले उद्दार गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend