logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

वर्षको पहिलो सूर्यग्रहण भोलि लाग्दै


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौँ । वर्षको पहिलो सूर्यग्रहण भोलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म लाग्नेछ ।



समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ  । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन ।

वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ । ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend