logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

खोलामा डुबेर एक किशोरको मृत्यु


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौ । कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend