जन आकाश
काठमाडौँ । सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि सोअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै आपत्ति जनाइन् ।
सांसद माझीले शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिएको तर शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाहरुले सहज रुपमा नपाएको गुनासो गरिन् । उनले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाउने र कयौँ मानिसहरू गरिबिको खाडलमा जाकिँदै गइरहेको दाबी गरिन् ।
उनले निजी विद्यालयहरूमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्नुपर्ने बताइन् । उनले वर्षैपिच्छे नयाँनयाँ किताब फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले नेपालमा पहिलो पटक दूरदराजका विद्यालयहरुमा शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक पु¥याउन सफल भएकोमा नेपाल सरकार प्रधानमन्त्रीलाई धन्यवाद दिइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend