logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

के हुदैछ यतिवेला चितवनमा


  • जन आकाश
  • बिहिबार, बैशाख ७ २०८०

चितवन । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चितवनको गर्मी जति बढेको छ । राजनीतिक उत्तर चढावले त्यतिनै गर्मी बढाएको छ । एकतिर रास्वपाका उम्मेद्धार र समर्थकको भीड छ भने अर्कोतर्फ नेपाली काँग्रेस, एमालेको भीड छ । तर जनमत हेर्दा रवि लामिछानेको नै उल्लेखिय देखिन्छ । चितवनमा केही केही उशृङखल घटना घटाउन पनि पछि नपरेका राजनीतिक षयन्त्रहरु देखिएकै छन् ।



हुनत मदन भण्डारी र जीवराज आश्रितलाई दासढुङगामा खसालेको ठाउ र जिल्ला पनि चितवन नै हो । त्यही चितवनमा माडीमा निर्धोषहरु गुडिरहेको गाडीमा माओवादीले बम प्रहार गरेर विदारक कारुणिक घटना त्यही जिल्लामा गाराएको थियो ।

सालिकरामको आत्महत्या प्रकरणमा रवि लामिछानेलाई त्यही चितवनमा लगेर थुनिएको थियो । नेपालको काभ्रेमा जन्मेका अमेरिकामा काम गर्दै रहने शिलशिलामा बुद्ध बर्न इन नेपालका अभियान चलाएपछि नेपाली समुदायमा चर्चित हुदै गएका राम्रो काम गर्दा नेपालीहरुको साथ पाइदो रहेछ भन्ने अनुभुति भएपछि नेपालमा आई वल्र्ड अफ गिनिज बुकमा रेकर्ड राख्ने कामहरु गर्दै खुल्ला मञ्चमा धम्पल पढ्ने पढाउने जस्ता कार्य गरेर ख्याति कमाएका र ज्युज टवान्टी ४ मा जनतासँग सिधा कुरा कार्यक्रम प्रस्तोताको रुपमा प्रवेश गरेका रविको छवि राम्रो मानिदै आएको थियो ।

२०७९ मा निर्वाचन ग्यालेक्सी टेलिभिजनवाट एक्कासी राजिनामा दिएर स्वतन्त्र अभियान चालेर केही दिनमा नै स्वतन्त्त पार्टी निर्वाचन आयोगमा दर्ता गराएर केही महिनामा नै निर्वाचनमा भाग लिएर चितवन प्रतिनिधिसभा क्षेत्र न. २ को संसद अत्याधिक मतले जितेको महिना वित्न नपाउदै नेपालको पावरफुल मन्त्रालय गृह मन्त्री भएका रविको नागरिता विवादले पद ग्एको थियो उक्त क्षेत्रमा संसद खाली भएको छ । त्यो जिल्ला पनि चितवन नै थियो ।

हो अहिले यहि जिल्लामा उपनिर्वाचन हुदैछ । यहा देश–विदेशका शक्तिहरुे समेत चासो राखेर न्वारन देखिको वल प्रयोग गरिराखेका छन् । भने विगतका राजनीतिक पार्टीहरुले त आफ्नो खुइलेको टाउको तन्नेरै छु भनेर गाम्छाले छोपे जस्तै चितवन र तनहुमा युवाहरुलाई हराउन पाए देख्यौ त युवाहरु रवि जस्तै हालत भोग्नुपर्ला भनेर भन्ने ठाउको लागि रातदिन षयन्त्रका जालाहरु बुन्न लागेको लाग्यै देखिन्छ ।

चितवनका जनताहरुले परिवर्तन चाहेका छन् । युवा खोजेका छन् । भिजन चाहेका छन् । भोलिका दिनमा रवि असफल भएछन् भने पनि सफल युवाहरुले प्रतिस्पर्धा गर्न आउने आत्मवल प्रप्त गर्न पनि रविको जित हुनुपर्छ भन्ने चितवन बासीहरुको मत देखिन्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend