logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एक महिलाको गाडेको अवस्थामा शव फेला


  • जन आकाश
  • बिहिबार, बैशाख ७ २०८०

काठमाडौ । दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।



घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend