logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने


  • जन आकाश
  • शुक्रबार, बैशाख ८ २०८०

काठमाडौ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।



चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रा .लि ले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गते देखि केबलकार पुनस् सञ्चालनमा आउने प्रा.लि ले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend