logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति


  • जन आकाश
  • शनिबार, बैशाख ९ २०८०

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।



श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई शुक्रबार बेलुका आगलागी भएको थियो । आगोले पाँच वटा पसलमा क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान जलेको र एक करोड बराबरको क्षति भएको अनुमान गरिएको जानकारी दिए ।

आगलागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा रु २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा रु २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतका तीन वटा खाली सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend