logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

उपनिर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा


  • जन आकाश
  • आइतबार, बैशाख १० २०८०

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो ।



मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो ।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ  । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए ।

चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । आज त्यहाँ उपनिर्वाचन हुँदैछ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend