logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

माटोको सुगन्धले सुबिचरित विजयध्वज थापाको स्वदेश महिमा गान सार्वजनिक


  • जन आकाश
  • मंगलबार, बैशाख १२ २०८०

काठमाडौँ । सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर तथा कवि ,गीतगजलकार तथा नियात्राकार बिजयध्वज थापाको शब्दमा “नेपालीको देश नेपाल ‘’ बोलको राष्ट्रीय गीत सार्वजनिक भएको छ ।



नेपाली सुगम सङ्गीतका फाँटमा थुप्रै गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा बिजयध्वज थापाको राष्ट्रीयभावले ओतप्रोत भएको दोश्रो स्वदेश महिमागानका रुपमा रहेको छ ।पहिलो राष्ट्रीय गान रामकृष्ण ढकालको आवाजमा रेकर्ड गरिएको छ ।

नेपाल सरकारबाट निबृत्त पछि आफ्ना बुवा यशस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको स्थापना गरि मासिक रुपमा रचना बाचन तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्दै साहित्यिक क्षेत्रमा सक्रिय रहेका श्रष्टा विजयजयध्वजका गीत कविता मुक्तक हरुले समाजको वास्तविकता बोल्छन् ।

कहिले उनको गीत, गजल तथा कविताले सौन्दर्य सहितको प्रेम भाव प्रकट गर्छन् त कहिले उनका रचनाले जसरी दर्जीले लुगा सिलाउंदा कपडा मात्रै जोड्दैन उस्ले मानिसको दिल इज्जत र प्रतिष्ठा समेत जोडे जस्तै उन्का रचनाले राष्ट्रीय एकता प्राकृतिक सौन्दर्यता र स्वतंत्रताका भावनालाइ कलात्मक रुपमा देश जोडेको अनुभुत गर्छ ।

उक्त राष्ट्रीय गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर तथा बर्तमान अवस्थाका सर्वप्रिय बरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा कम्पुटरग्राफर विजयराज भुर्तेल र फणिन्द्र राईले एरेन्ज गरेका छन् । राष्ट्रलाइ केन्द्रमा राखेर सृजना गरिएको प्रस्तुत स्वदेश महिमागानमा ‘’हिमशिखरमा बिश्वमै पहिलो जलभण्डार नेपाल, बिश्वशान्तिको मुहान हो यो नेपालीको देश नेपाल ‘’ बोलको गीतले प्रकृति,भाषा धर्म र भेशभुशा का साथै गौरवमय इतिहासको महत्तालाइ गहन रुपमा प्रस्तुत गरिएको छ ।

प्रस्तुत गीतमा स्रष्टाले स्वदेशभक्तिको मियो समातेर शब्द संगीत र स्वरको संयोजनमा मानवीय चेतनमा मात्रै होइन परन्तु चेतनाको गहिराइमा थिग्रिएका,विचार सहितका शब्दहरु नै गीत बनाएर प्रस्तुत गर्नुका साथै नेपाली हुनुको गौरवबोध गर्नुपर्ने कुरालाइ कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आधुनिक सुगम संगीतमा सर्वाधिक चर्चित गायक प्रमोद खरेलको यो भाग्यमा खोट छ, पराइको बगैचामा फूल्ने फूल भयो, अर्कैलाइ रोज्दै छौ कि लगायत थुप्रै सदाबहार गीतहरुको भीडमा प्रस्तुत स्वदेश महिमागान पनि एउटा कोशेढुंगा का रुपमा रहने देखिन्छ भने बरिष्ठ संगीतकार राजु सिंहले पनि सृजनात्मकताको बेजोडको प्रस्तुति दिएका छन् साथै गीतकार संघका सदस्य समेत रहेका स्रष्टा विजयध्वज थापाका ‘’सम्झनाले पिर्यो ‘’ गीति संग्रह , ‘’भुमरी’’ , ‘’स्नेह’’ र प्यासी जीवन लगायतका गीति एल्बम यस अघिनै बजारमा ल्याइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend