logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रौतहटमा नेपाली सेनाको स्वास्थ्य शिविरमा ७ सय १४ जनाको परिक्षण


  • जन आकाश
  • आइतबार, बैशाख १७ २०८०

रौतहट। नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा जिल्लाका उतरी भेगका बिभिन्न रोगका बिरामीको निशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको हो ।



शिविरमा ५६ ज बाल वालिका , ५९ महिला , २सय ९६ आखा रोगी , र २सय ३ जना जनरल ओ पि डी विरामी गरि ७ सय १४ जनालाई उपचार गरिएको नेपाली सेना वीर दल गण रौतहटका गणपति प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए । शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काप्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ,प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अअनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए ।

विहान ०७ बजे देखि शिविर सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएको थियो ।सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गौर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend