logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम


  • जन आकाश
  • सोमबार, बैशाख १८ २०८०

काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ ।



राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एकसाता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ । २०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो ।

स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथदिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ । उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदा नगर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो ।

नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा  आफ्नो आबद्धता जनाएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend