logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गाँजासहित वडाध्यक्ष पक्राउ ?


  • जन आकाश
  • सोमबार, बैशाख १८ २०८०

काठमाडौ । मकवानपुरको थाहा नगरपालिका- ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् ।



सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बिहान थाहा नगरपालिका-७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् । इन्द्रबहादुरको घरमा प्रहरीले जाँच गर्दा १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला परेको प्रवक्ता कार्कीले जानकारी दिए ।

लागुऔषध गाँजासहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend