logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रामेछापमा ५ दिने पत्रकारिता तालिम सम्पन्न


  • जन आकाश
  • मंगलबार, बैशाख १९ २०८०

मोहन कार्कि।



रामेछाप  । रामेछापको मन्थलीमा शिक्षा, स्वस्थ्यमा अनलाइन पत्रकारिता प्रविधिमा आधारित तालिम भन्ने नाराका साथ यहि वैशाख १५ गतेदेखि मन्थलीको फ्रीडम रिसोर्टमा नेपाल पत्रकार महासघ रामेछाप जिल्ला शाखा अध्यक्ष बद्री प्रसाद घिमिरे(नयाघरे)को सभापतित्वमा र प्रमुख अतिथि मन्थली  नगरपालिकाका मेयर लव श्रेष्ठले गर्नुभएको थियो।

उक्त तालिम नेपाल पत्रकार महासघ बागमती प्रदेश र मन्थली नगरपालिकाको संयुक्त रुपमा आयोजना गरेको हो।

पाच दिनसम्म चलेको कार्यक्रममा रामेछाप जिल्लाका पत्रकारहरुलाइ भिडियो, अललाइन, लगायतका प्राविधिक ज्ञानहरुको वारेमा सिकाइएको छ।

आज समापन कार्यक्रमको प्रमुख अतिथि मन्थली नगरपालिकाको उप मेयर इस्वरि बस्नेतले गर्नुभएको छ।भने कार्यक्रमको सभापतित्व बद्री नयाघरेले नै गर्नुभएको छ।

तालिममा सहभागि पत्रकारहरुलाइ प्रशिक्षक केपि ढुंगाना, दिपक आचार्यद्वयले प्रशिक्षण दिनुभएको छ।

समापन कार्यक्रमको सन्चालन रामेछाप पत्रकार महासघका उपाध्यक्ष कैलास खत्रीले गर्नुभएको थियो।

यतिवेला प्रशिक्षणमा सहभागी पत्रकारहरुले आफ्नो अनुभवहरु सुनाइरहनु भएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend