logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

हिमपहिरोमा बेपत्ता पाँच जनाको परिचय खुल्यो


  • जन आकाश
  • बुधबार, बैशाख २० २०८०

काठमाडौ । दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।



दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको तर अवस्था भने अझै अज्ञात रहेको बताए ।

डीएसपी पाण्डेकाअनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका -२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया छिमी सामो थापा, दार्चुलाको दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

उनीहरूको खोजी कार्यका लागि बुधबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ । मंगलबार वर्षा र हिमपातका कारण बेपत्ताहरूको खोजी गर्न गएको टोली फर्किएको थियो ।

यार्सागुम्बा टिप्न गएका १२ जना टेन्टमा बसिरहेका बेला हिमपहिरोमा परेका हुन् । ७ जना भने भागेर हिमपहिरोबाट जोगिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend