logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्रष्टा पदयात्राको ७०औं सृंखलाका लागि पदयात्री टोली स्यांजा तर्फ प्रस्थान


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौ । प्रकृति संग साक्षात्कार गर्दै साहित्यमा नौलो आयाम दिने उद्देश्यले जेष्ठ महिनाको स्रष्टा पदयात्राका लागि डा. तुलसी प्रभासको संयोजकत्वमा १९ जनाको साहित्यिक टोली स्यांजा तर्फ प्रस्थान गरेको छ ।



काठमाण्डौ बाट बिहान ५.३० मा प्रस्थान गरेको टोली ले यात्रका क्रममा साहित्यिक भलाकुसारी गर्दै उत्तरबाहिनी मालुंगामा बास बसि भोली पल्ट बिहान उत्तरबाहिनी, रामनदी धाम भ्रमण र दर्शन गरि उत्तरबाहिनीमा स्थानीय साहित्यकारहरुको समुपस्थितीमा साहित्य गोष्ठीमा सम्मिलित हुँदै कालीगण्डकी ए जलबिद्युत परियोजना भ्रमण गर्दै मिर्मीका स्थानीय साहित्यकार हरु संग साहित्यिक अनुभव र अनुभुतिका बिषयमा बिमर्श गरिनुका साथै जेष्ठ ७ गते कुरा उक्त टोलीले मिर्मी सेतीबेणी जलयात्रा गरि सन्सारकै विशाल शालीग्राम दर्शन गरि सेतीबेणी बाट पैयुँ हटियासम्म पदयात्रा गरि वालिंग हुदै काठमाण्डौ फर्कने कुरा कार्यक्रमका संयोजक डा. तुलसी प्रभासले जानकारी गराएका छन् ।

यसैक्रममा काठमाण्डौबाट स्रष्टा पदयात्रा टोलीमा सहभागिता जनाउनका लागि साहित्यकार तथा लोकवार्ता अभियन्ता शितल गिरी,स्रष्टा डिल्लीराज अर्याल गीतकार घनश्याम प्रसाईं, पत्रकार तथा कवि गंगाप्रसाद भेटवाल , गजलकार सुमन पुडासैनी, कवि वीमल अर्याल , कवि अप्सरा ढकाल , पत्रकार दीपक प्रसाद भेटवाल, साहित्यकार खोलाघरे साहिंलो, साहित्यिक पत्रकार माधव घिमिरे ‘’अटल’’ कवि एवं सामाजिक अभियंता वसन्त रिजाल , आख्यानकार रामकुमार पंडित, समालोचक तथा कवि परशुराम पराशर , साहित्यिक पत्रकार अभय श्रेष्ठ, संस्कृतिबिद् डा. बालचंद्र मिश्र कवि तथा समालोचक सारदा पराजुली , कवि रुबी सत्याल , कवि इन्दिरा ‘’प्रयास’’ तथा पत्रकार जयराम बिडारी त्यसतर्फ लागेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend