logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुदुरपश्चिममा गएको भुकम्प प्रति पुर्वराजाद्वारा चिन्ता ब्यक्त


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

काठमाडौ‌ं । पुर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा हिजो गएको भुकम्प प्रति चिन्ता ब्यक्त गरेका छन् ।



बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भुकम्पका कारण सुदुरपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा ठुलो क्षती पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पुर्व राजा शाहले बताएका छन् ।

‘ठुलो भुकम्प पछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पुर्ण सर्तकता आवाश्यक रहेको हाम्रो धारणा छ,’ पुर्व राजाको सम्बाद सचिवालयले भनेको छ । सचिवालयका अनुसार भुकम्पवाट घाइतेहरुको शिघ्र उपचार तथा क्षतिवाट प्रभावित घर परिवारको राहात निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस भन्ने पुर्व राजाले आग्रह गरेको छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend