logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एमाले गण्डकीको लेखा समिति अध्यक्षमा बागलुङका जिसीको उमेदवारी


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट चयन गरिने लेखा समितिको अध्यक्ष पदमा बागलुङका राम बहादुर जिसीले उमेदवारी दिएकाछन् । बागलुङको काठेखोला गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका जिसीले प्रदेशको लेखा समितिको अध्यक्षमा उमेदवारी दिएका हन् ।



कार्यकाल एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सदस्य रहेर पार्टीको काम गर्दै आएका जिसीले २ वर्ष पहिला बागलुङ जिल्ला कमिटिको अधिवशेनमा उपाध्यक्ष पदमा उमेदावारी दिएका थिए ।  जिल्लाको भौगोलिक अवस्थाका कारण क्षेत्र नम्बर २ लाई उपाध्यक्ष र सचिव पद दिने नेताहरुको सहमति पछि जिसीले जित्ने संभावना भएको उपाध्यक्ष पदबाट उमेदवारी फिर्ता लिएका थिए ।  विगत ३ दशकदेखि सहकारी र साढे २ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय जिसी यस भन्दा अगाडि नेकपा एमाले गण्डकी प्रदेश कमिटिको सदस्य रहेर काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष समेत रहेका जिसी राष्ट्रिय सहकारी बैंकको लेखा समितिको सदस्यमा निर्वाचित भएर ५ वर्ष काम गरिसकेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend