logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रियसभाको बैठक बस्दै


  • जन आकाश
  • बिहिबार, असोज १८ २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा एक बजेर एक मिनेट जाँदाका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।



बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend