logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज प्रतिनिधिसभा बैठक बस्दै 


  • जन आकाश
  • आइतबार, असोज २१ २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।



संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ । साथै, सभामुख देवराज घिमिरेले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend