logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सर्वदलीय बैठकमा इजरायल घटनाबारे छलफल


  • जन आकाश
  • मंगलबार, असोज २३ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ ।



सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथा शिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए  ।

सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताए  । उहाँले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेको बताएका थिए ।

‘सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्छ । हामीले देशको जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्छ भन्ने हिसावले पनि कुरा राख्यौँ । किनभने यहाँ कोही आतंककारीहरुले हमला गरे भन्ने ढंगले प्रश्तुत हुने हो भने बेलाबेलामा त्यस्तो हुने गरेको छ, त्यस्तो नहोस् भन्ने कुरा राख्यौँ । त्यहाँ बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्नुस् भनेर भनेका छौँ । निर्णय राम्रो गरेपनि कार्यान्वयनमा जोड होस् भन्ने हो ।’

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको र राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend