logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इजरायलमा रहेका ३५० नेपालीलाई घर फर्काउने तयारी


  • जन आकाश
  • बुधबार, असोज २४ २०८०

काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।



तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ । नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धरको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend