logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने


  • जन आकाश
  • बुधबार, असोज २४ २०८०

काठमाडौं । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।



नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ । यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend