logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण


  • जन आकाश
  • बिहिबार, असोज २५ २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।



उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ । उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend