logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निगमको जहाज दुबईबाट इजरायल उड्यो


  • जन आकाश
  • बिहिबार, असोज २५ २०८०

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको हो ।



जहाज इजरायलको स्थानीय समयअनुसार ११:१० मा इजरायलस्थित विमानस्थलमा अवतरण हुने परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्न इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाल्लगायतको टोली विमानस्थलमा पुगेको छ ।

जहाज इजरायलमा दुई घन्टा होल्ड भएर दिउँसो १ः १० बजे नेपालका लागि उडान भर्ने जोशीले बताए । २५० जना नेपाली नागरिक लिएर नेपाल फर्किने सो जहाज राती सवा ९ बजे काठमाडौं अवतरण गर्नेछ । बिहीबार बिहान ४ बजे परराष्ट्रमन्त्री एनपी साउदको टोली इजरायल प्रस्थान गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend