जन आकाश
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।
संङघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिनेछन् । शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिबेदन प्रस्तुत दिनेछन् । जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विधुत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुनेछ भने सभामुख देवराज घिमिरेले चालु संसदको अधिवेसनमा १० पटक भन्दा बढी अनुपस्थित प्रतिनिधि सभाका सदस्यहरुको नामावली सुनाउने कार्यसुचीमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend