logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इजरायलबाट थप १९ नेपालीको उद्धार


  • जन आकाश
  • मंगलबार, असोज ३० २०८०

काठमाडौं । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ ।



प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने मन्त्री साउदले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend