जन आकाश
बझाङ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि.ले गतअसोज १६ गते आएको भुकम्पबाट क्षतीग्रस्त बझाङको जय पृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनःर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउदै उक्त सहयोगबाट पुस्तकालय पुनःर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरेका थिय ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनःर्निर्माण गरिने जानकारी दिदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्नुहुने प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन दिएका थिय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend