logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी एक्सप्रेसको “विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो रु १ लाख बिजेताको नाम घोषणा


  • जन आकाश
  • शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो जस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले रु ५०० को वालेट टप् अप, २० जना सप्ताहिक बिजेताहरुले जनही रु २५,००० जित्न सफल भैसकेका छन् भने १ जना भाग्यशाली मासिक बिजेताले रु १ लाख जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुुन् ।



कम्पनीका अनुसार “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुुन सक्नेछन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend