जन आकाश
काठमाडौ । लिभोनले आधिकारिक रुपमै नेपालमा आफ्नो नयाँ प्रोटिनले सम्बृद्ध उत्पादन लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरणको सुरुवात गरेको छ।
कपालको हेरचाहका लागि एक विश्वसनीय नाम लिभोनले आफ्ना नयाँ समाधानयुक्त उत्पादनहरु गर्दै आएको छ जसले मानिसहरुलाई सुन्दर, स्वस्थ र आकर्षक कपाल बनाउनका लागि बलियो साथ प्रदान गर्दछ भनि उसले भन्ने गरेको छ।
कपालको हेरचाहका लागि चाहिने विभिन्न आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका उत्पादनहरूको फराकिलो दायराका साथ लिभोनले नेपालमा सन्तुष्ट ग्राहकहरूको एउटा ठूलो समर्पित पङ्क्ति बनाइसकेको छ।
लिभोन प्रोटिन श्याम्पूको सुरुवातले उच्चस्तरीय कपाल हेरचाहका समाधानहरू प्रदान गर्नका लागि ब्रान्डको समर्पणलाई प्रतिविम्वित गर्दछ। यस महत्त्वपूर्ण अवसरलाई मनाउन लिभोनले कपालको हेरचाहमा उत्कृष्टता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै उदाउँदा दुई नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको समेत गरेको छ।
प्रोटिनको सकारात्मक गुणले सम्पन्न यो श्याम्पू तीन फरक भेरियन्टमा प्राप्त हुनेछ ( नरीशिङ केयर्, एन्ती हेयरफल र ड्यामेज रिपेयर । नेपालमा बढ्दो प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा न्यू लिभोन श्याम्पूमा भएको प्रोटिन सोल्युसनले तपाईंको कपाललाई पुगेको क्षतिको रिपेयर गर्नेछ र यसलाई अझै सिल्की, चम्किलो र बलियो बनाउने भनि उल्लेख गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend