logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफको नयाँ योजना, कम प्रिमियममै ठूलो रकमको आजीवन बीमा गर्न सकिने


  • जन आकाश
  • मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । शुक्रबार, सूर्यज्योति लाइफले काठमाडौंको लाजिम्पाट स्थित होटेल डुशिट प्रिन्सेसमा आयोजना गरिएको एक भब्य समारोहकाबीच’ सूर्यज्योति सहि प्लान’ को विधिवत उद्घाटन प्रमुख अतिथिका रुपमा रहन भएका बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा भएको हो ।



उक्त कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागाएत प्राधिकारणका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई , निर्देशकहरु क्रमश नन्द किशोर शर्मा, हेमन्त नहाटा,आकाश गोल्छा ,चुडामणि देवकोटा र प्रियातयाल उपस्तिथी रहेको थियो ।

उक्त कार्यक्रममा संचारकर्मी अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु तथा कम्पनीका उच्च पदाधिकारीहरुको उपस्तिथी रहेको थियो । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ‘‘जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यबाद दिनुका साथै गरिवले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफु हर्सित भएको बताए ।  ’’

परम्परागत पोलिसी भन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफुले विश्वास लिएको बताए । यो योजना तयार गर्दा देखि अन्तिम स्विकृती लिई नेपाली बीमा बजारमा ल्याउदा सम्म मार्ग निर्देशन हुने बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र स्वयं अध्यक्ष सूर्य प्रसाद सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबाद व्यक्त गर्नुका साथै नेपाली आम जनताले पनि लिन सक्ने यो योजना पस्कन पाउदा खुसि ब्यक्त गरे ।

नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्यनजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न , आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ’सहिप्लान’पहिलो पटक सूर्यज्योतिले पस्केको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार प्राय नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने बुझिएको छ । केहि बिपत्ति आई लागे पछि उक्त सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्त नहुने र परीवारनै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ ।

यहि कमीलाई नै पुरा गर्ने अठोटका साथ सूर्यज्योतीले ’सहिप्लान’नामकबीमा योजना ल्याएको हो । उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने , ७० बर्ष पुगे पश्चात तिरेको सम्पुर्ण प्रिमियम फिर्ता हुने ,आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुबिधा अन्तर्गत सर्बाधिक ३५ घातक रोगहरु बिरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend