logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.का शेयर धनीको आठौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर ०५ गते  नेपाल एसबिआई बैंक लि.को प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भयो ।



उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण – आषाढ मसान्त २०८० को वा सलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत- पारित ग¥यो ।

साथै यस कम्पनीको मिति २०८०/०८/०५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा श्री नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको बेहोरा जानकारी गराउदछौं ।  उक्त साधारण सभाले आ.व. २०८०/८१ को कम्पनीको लेखा परीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ती एव निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend