जन आकाश
काठमाडौं । एनआइ एमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धक त्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पूँजीरु.७०,००,००,०००/- (अक्षरेपी सत्तरी करोड रुपैयाँमात्र) मध्ये २०% अर्थात रु.१४,००,००,०००/- (अक्षरेपीे चौध करोड रुपैयाँ मात्र) रकम बराबरको १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १०% अर्थात १,४०,०००कित्ता शेयर प्रति शेयर रु.१००/ अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८०/०७/१० गतेदेखि मिति २०८०/०७/२४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रित पूर्वक आवेदकहरुमा उक्त निष्काशित शेयरहरुको आज मिति २०८०/०८/०७ गते बिहानको १०ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भयो ।
१,४०,००० कित्ता शेयर खरिदका लागि ३१,१९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रित पुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१,१९४ जना आवेदकहरुबाट ७,२३,०४० कित्ता शेयरको लागि रित पूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्रभन्दा अधिकधि तोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ माभएको व्यवस्था बमोजिम गोला प्रथाको माध्यमबाट १४,००० सफल आवेदन कर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १,४०,००० कित्ता धितोपत्र बाँडफाँड गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend