logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लालीगुराँस बहुउद्देश्यीय सहकारीको २३ औं र २४औं वार्षिक साधारण सभा सम्बन्धी जानकारी


  • जन आकाश
  • शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं । ललितपुर, पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. ले नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्या लगायत अन्य विविध समस्याको कारण यस संस्थाले २३औं वार्षिक साधारण सभा आयोजना गर्न नसकेको व्यहोरा जानकारी गराउँदै, यही २०८० पौष मसान्त भित्र संस्थाले २३औं र २४औं वार्षिक साधारण सभा आयोजना गर्नको लागि आवश्यक सम्पूर्ण तयारी सुरुवात गरिएको व्यहोरा समस्त शेयरसदस्य महानुभावहरुलाई जानकारी गराउँदछौं ।



हालको विद्ययमान अवस्थामा वित्तिय क्षेत्रमा परेको प्रभावको बाबजुद यस संस्थाका शेयरसदस्यहरुले संस्था प्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमुल्य सम्पत्तिको रुपमा लिदैं सदस्यहरुको भविष्यमा समेत आवश्यक सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको व्यहोरा समेत जानकारी गराउँदछौं । संस्थाले मिति २०८०र ०२ र०८ गते सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाई सकेको व्यहोरा जानकारी गराउँदछौं ।

संस्थाको आ.व.०७९र०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको व्यहोरा जानकारी गराउँदै, संस्थाले .व ०७८र०७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आ.व. ०७९ र ०८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको व्यहोरा समेत जानकारी गराउँदछौं ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल भएको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको र ललितपुरको गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग” संचालन गरेको व्यहोरा समेत शेयरसदस्य महानुभावहरुमा जानकारी गराउँदछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend