जन आकाश
काठमाडौं । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।
केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनीमा कामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ । कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको बताएको छ ।
‘२५औंवार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँ प्रति भावपूर्ण श्रदाअर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएका कम्पनी हो । प्रा.लि ले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी२०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो ।
मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो । सुरुका २/४ वर्ष अपेक्षा अनुरुप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको पनि हामी स्मरण गर्न चाहन्छौं । २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा हाम्रो परियोजनामा ऋण लगानीको अगुवाइ गर्ने नेपाल बैंक लिमिटेड तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकको योगदानको पनि हामी स्मरण गर्न चाहन्छौं । सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेको मातत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।
२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग (Analogue) प्रविधिलाई नवीनतम डिजिटल (Digital ) रणालीमा स्तरोन्नतिगरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । अस्ट्रियाको डोपल मेयर -(Doppelmayr) कम्पनीको डी–कनेक्ट ( D-Connect) भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ/असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ ।
सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली (Control System), सञ्चार केबुल (Communication) का साथै केबुलकारलाई केबुलको लठ्ठा(Main Haulage rope) फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ ।
साथै सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङपुल, हेल्थक्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ ।हाम्रो भगिनीसंस्था रिसोर्टस्बाई मनकामना केबुलकार प्रा.लिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान छ ।
सामाजिक, परोपकारी एवं पुण्य कार्यलाई पनि व्यवसायलाई सरह प्राथमिकता दिनुपर्छ भन्ने संस्थापक स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको दर्शनलाई केन्द्रमा राखेर मनकामना दर्शन प्रा.लिले मनकामना र आसपासका क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग र जातिलाई सहयोग गर्दै आएको छ ।
विनाशकारी गोरखा भूकम्पको बेला कम्पनीले पश्चिम गोरखाका ७–८ गाविसलाई राहत सामग्री उपलब्ध गराएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले केबुलकार टिकटबाट भएको आम्दानीको १–१ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनि सहयोग गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend