logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा २०८० मंसिर १५गते शुक्रबारका दिन-तदनुसार १ डिसेम्बर, २०२३ बानेश्वर ब्याङक्वेट, थापा गाँउ, नयाँ बानेश्वर काठमाडौँमा सम्पन्न भयो ।



उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले ८.४२१०५% (आठ दशमलव चार दुई एक शुन्ना पाँच प्रतिशत) ले हुने रकम रु ४,६७,८७,३६८.४२ (अक्षेरुपी चार करोड सतसठ्ठी लाख सतासीहजार तीन सय अड्सठ्ठी र बयालिस पैसा मात्र) नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend