logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच नगद रहित (Cashless) सेवा सम्झौता


  • जन आकाश
  • शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।



उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक  अनिल राज भण्डारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधी उपाचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाई जेशस (Cashless Hospitalization) प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा आइजी आई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधी उपाचार  बीमा लेख खरिद गरी अस्पतालसँग बीमा लेखको सिमासम्म नगद रहित हस्पिटलाई  जेशस(Cashless Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औषधी उपाचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

 

 

 

शरण रेग्मी
नायवप्रमुखकार्यकारी अधिकृत

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend