logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालय एअरलाइन्सद्वारा काठमाडौं सांघाई काठमाडौं उडान सेवाको उद्घाटन


  • जन आकाश
  • आइतबार, मंसिर १७ २०८०

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले डिसेम्बर २, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौं–सांघाई–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ ।



यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । यस नयाँ काठमाडौं–सांघाई–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको सबैभन्दा विशाल एवम् विश्वकै प्रमुख व्यापारिक केन्दका रूपमा परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत झल्काएको छ ।

पहिलो आउट बाउन्ड उडान ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो र सांघाइकोे सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ४ः३१ बजे अवतरण गर्ने छ । यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहनेछ ।

पहिलो उडानमा कूल यात्रु संख्या एक सय अठतिस रहेको थियो । डिसेम्बर २ पछि सुरुमा हरेक शनिवार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा बिस्तार गर्ने एअरलाइन्स्को योजना रहेको छ ।

यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो तेस्रो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ र छिन्ता ओमानियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुल र सी यु प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । उपस्थित विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङ र उपाध्यक्ष, विजय श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

आफ्नो स्वागत सम्बोधनमा एअरलाइन्स्का उपाध्यक्ष  विजय श्रेष्ठले भन्नुभयो,“नेपाल र चीनबीचको दुई दशकको उड्डयन इतिहासमा चीनले नेपालमा पहिलो यात्रु उडानको सुरुवात गरेको थियो । चीनबाट नेपालमा सबैभन्दा धेरै एयरलाइन्सहरूले उडान सेवा सञ्चालन गर्दछन् । हिमालय एअरलाइन्स् समेत गरी नेपालमा ६ वटा एअरलाइन्सद्वारा चीन–नेपाल उडान हुँदै आएका छन् ।

हिमालय एयरलाइन्सले कोभिड अवधि अघि चीनका ५ वटा गन्तव्यमा उडान भरेको थियो र निकट भविष्यमा चीनका विभिन्न गन्तव्य वृद्धिसँगै सञ्चालन भइरहेका गन्तव्यमा पनि उडान संख्या बढाउने योजनामा रहेको छ । हिमालय एयरलाइन्स्का हालका गन्तव्यहरू पर्यटकीय गन्तव्यमा आधारित छन् । कोभिड महामारी अघि विश्वभर १६ करोड पर्यटक बाहिर पठाएको चीनले कोभिड महामारीपछि पनि विश्वका विभिन्न भागहरूमा थप पर्यटक पठाउने प्रयास गरिरहेको छ जसमध्ये नेपाल पनि प्रमुख गन्तव्यको रूपमा रहेको छ ।

हिमालय एअरलाइन्स्ले यसै महिनामा चीनका चोङकिङ र ल्हासामा पनि आफ्नो उडान सेवा बिस्तारका लागि तयारी अवस्थामा रहेको छ । ल्हासा उडान नेपाल र चीनबीचको एक ऐतिहासिक उडान हुनेछ ।”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend