जन आकाश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । फ्लाईट दुबईको उडानमार्फत् प्रधानमन्त्री दाहाल काठमाडौं आइपुग्नेछन् ।
गत मंसिर १३ गते दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान गरेका हुन् । गत शनिबार प्रधानमन्त्री प्रचण्डले कोप २८ सम्मेलनलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार-जलवायु संकटबाट हामीलाई कसले बचाउने छ रु’ कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend